अमेरिकाबाट अवैधानिक बाटोबाट करोडौं रुपैयाँ भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो ।

शाहसहित चक्रबहादुर खत्री, विजयविक्रम शाह, अनुप खड्का, रुपमाङ्गत काफ्ले र रंगबहादुर साउद पनि पक्राउ परेका छन् । सीआईबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार उनीहरु सबैलाई हिरासतमा राखिएको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरुले विभिन्न कम्पनी खडा गरेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर (३ करोड २२ लाख बढी नेपाली रुपैयाँ) गैरकानूनी कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुले स्विफ्टमार्फत ठगी गरी रकम नेपाल भित्र्याएको खुलेको सीआईबीले जनाएको छ ।