काठमाडौं / नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

OM Sai Pathibhara Hospital

‘बूढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’, देउवाको एक सहयोगीले भने ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानिलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए ।

त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ ।

धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४/५ वटा गाडी पार्किङमा अटाउन सक्ने ठाउँ छ ।