विराटनगर / बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन्नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का अध्यक्ष नवीन रिजालले  बताएका छन् ।

OM Sai Pathibhara Hospital

सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुन सडक आन्दोलनमा फर्किने बताए छन् ।

बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यावसायीले पुस ७ गते यता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन् ।

उद्योगीले एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने,  स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।

अर्थमन्त्रीले वार्तामा बोलाएपछि आफ्ना मागसहित वार्तामा जाने रिजालले बताएका छन् । वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली जानेछन् ।