झापा / हल्दीबारी गाउँपालिकाका विपन्न वडामा निःशुल्क गरिब तथा अति विपन्नलाई आएको खानेपानी धारा जडान सम्पन्नको घरमा जडान भएको स्थानीयले गुनासो गरेका छन् । 

गाउँपालिकाबाट गरिब तथा अति विपन्न परिवारका लागि निःशुल्क बितरण गर्ने योजना अन्तरगत आएको धारा वडा नम्बर  ३ मा ७८ सेट, वडा नम्बर ४ मा १ सय ९९ सेट र वडा नम्बर ५ मा १ सय ६५ धारा  जडान भइसकेको छ।

OM Sai Pathibhara Hospital

अति गरिब तथा विपन्न परिवारलाई वितरण गर्ने भनिएको धारा सम्पन्नले परिवारले निःशुल्क पाएपछि स्थानीयको गुनासो रहेको छ ।  खानेपानी तथा सरसफाइ उपभोक्ता समिति जलथलका अध्यक्ष नवराज खरेलले शुरुमा सूचना जारी गर्दा डेढ वर्षसम्म कोही पनि उपभोक्ता धारा जडानको लागि नआएको बताए ।  ढेड वर्षपछि केहिले धारा लगेका थिए ।

निःशुल्क धारा वितरण गर्ने प्रक्रियामा पहिले खानेपानीको आफ्नै अनुगमन समिति तयार गरेको उनले बताए । ‘तर पछि वडा कार्यालयहरूको सिफारिसका आधारमा दिने निर्णय भयो’ उनले भने ‘सोही निर्णय अनुसार वितरण गर्न थालियो,  तर, वडा कार्यालयहरूले अन्धाधुन्ध रूपमा व्यापक मात्रामा सिफारिस गरी पठाएकोले गर्दा माग थेग्न गार्‍हो पर्यो ।’ ३ ,४ र ५ नम्बर वडा कार्यक्षेत्र भएको जलथल खानेपानीलाई  तीनैवटा वडा कार्यालयबाट एकहजार पाँचसय जनाको निःशुल्क धारा जडान सिफारिस आएको उनको दाबी छ। 

गरिब तथा अतिविपन्नका लागि आएको निः शुल्क धारा सम्पन्नले लगेको भन्ने सर्वसाधारणको गुनासो आएपछि सिफारिस रोकिएको बताए  । उनले यसबारे छानबिन गर्न हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनालीलाई आग्रह समेत गरेको बताएका छन् ।