सुनसरी / सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ।अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सबडिभिजनल वन कार्यालय का रेन्जर लेखनाथ भण्डारीले जानकारी दिएका छन् ।

रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्र छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।

OM Sai Pathibhara Hospital

हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर यकिन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।