काठमाडौँ / सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका छन्।

१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराज लाई बुधबार छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको हो।

OM Sai Pathibhara Hospital

सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराज लाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

शोभराज माथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।

२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि  मानवअधिकारको मापदण्ड विपरित कैद भित्र पनि एकान्तवास राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।