धनकुटा/ धनकुटा नगरपालिका ४ देब्रे बासमा आज आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् ।

देब्रो बासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
 आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला आचार्य घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइहेको र दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

OM Sai Pathibhara Hospital

आगलागीबाट लत्ता कपडा, अन्नपात, भाडाबर्तन सहित ६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरसँगै रहेको कुखुरा फार्मका २ सय वटा कुखुराका चल्ला समेत मरेका छन् ।