धादिङ  / धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आलेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।

जस्ता र काठले बनेको घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । 

मृत भेटिएका दम्पतीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भइसकेको स्थानीयवासीले जानकारी दिएका छन् ।