एजेन्सी / पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गोली हानाहान हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । बलुचिस्तान–कंधार सीमामा गोली हानाहान भएको हो । 

मृत्यु हुनेमा ६ जना पाकिस्तानी रहेका छन् ।पाकिस्तानी सेनाले गोली हानाहानपछि अफगानी सुरक्षाकर्मीले विनाकारण आक्रमण गरेको र आक्रमणमा आर्टिली तथा गोला–बारुदको पनि प्रयोग गरेको दाबी गरेको छ । 

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बिबिसीले पाकिस्तानको जवाफी कारबाहीमा एक अफगानी सैनिकको मृत्यु भएको तथा कम्तीमा दशजना घाइते भएको जनाएको छ । 

घटनाको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले निन्दा गरेका छन् ।