कैलाली / कञ्चनपुरमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिकाका २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर राना रहेका छन् ।

बेलौरी घर भएकी किशोरी र परिवारजनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।
पक्राउ परेका तीन जनाले किशोरीलाई फरक फरक मितिमा बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना किशोरीको चिनजानको व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ ।
किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाएका थिए । त्यस लगत्तै तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।