सुर्खेत / सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका –३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगर  श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

OM Sai Pathibhara Hospital

हत्यापछि मगर श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मिना आले मगरलाई  हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट  प्रहरीले उनलाई पक्राउ गरेको हाे । 

मगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । उनी एक वर्षअघि मात्र बैदेशिक रोजगारीबाट फर्किएका हुन् ।