इटहरी / १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन् ।

इटहरी १० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे युवतीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्न चारै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाही प्रकृिया अगाडि बढाएको छ ।