नुवाकोट / नुवाकोटको दुप्चेश्वर गाउँपालिका –५ बालकुमारीको भङ्गेरीका आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

२१ वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो । 

धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।

तामाङ घरेलु हतियारसहित मृतक खतिवडाको घर तर्फ गएको र घटनास्थलमा पनि तामाङले बोकेको हतियार र चप्पल भेटिएको डीएसपी खड्काले जानकारी दिए । 

घटनालगत्तै तामाङ फरार रहेको पाएपछि प्रहरीले उनको खोजिकार्य तिब्र बनाएको थियो । तामाङलाई काठामाडौँ जान लागेको समयमा आज मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।