झापा / मोरङको उर्लाबारी –८ का २२ वर्षीय सुजन पाचकोटीले  दाउ प्रहार गरेर एक जनाको हत्या गरेका छन् । पाचकोटीले पथरीशनिश्चरे –१ का ४२ वर्षीय काजी मोहराको हत्या गरेका हुन् । 

सुजन र मोहरा मामा भान्जा रहेको प्रहरीले बताएको छ । घरमा आएका मामा मोहरासँग आइतबार राती विवाद हुँदा सुजनले टाउकोमा दाउ प्रहार गरेरका थिए । दाउ प्रहारबाट गम्भिर घाइते भएका मोहरालाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे ल्याइएको थियो । 

OM Sai Pathibhara Hospital

उनको उपचारको क्रममा आज (सोमबार) बिहान १ बजे मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।