काठमाडौं / १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका -१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् ।

गिरीले ती बालिकालाई ललाइ फकाई काठमाडौं महानगरपालिका -१५ स्वयम्भू स्तूपा जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।