झापा / १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका -८, गणपते बस्ने ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्री रहेका छन् ।

उनले बालिकालाई अमला टिपिदिने बहानामा फकाएर नजिकैको जङ्गलमा पुर्याएपछि बलात्कार गरेको पीडितका परिवारले बताए पछि उनलाई गएराति इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

OM Sai Pathibhara Hospital