बिर्तामोड /  ६ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १२ का ३८ वर्षीय साजन कामत रहेका छन् । कार्तिक ११ गते दिउँसो घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ ।

पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरि अनुसन्धान अगि बढाइको  मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।