एजेन्सी / सीएनबीसीको एक रिपोर्ट अनुसार ट्विटरका निर्देशक तथा सीईओ एलन मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जालमा काम गर्न अख्तियार प्रदान गरेका छन्। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्। 

मस्कले यही अक्टोबर २८ मा ट्विटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

उनले ट्विटरमा तानेका अन्य कम्पनीका कर्मचारीहरूमा टेस्लाका सफ्टवेयर विकास निर्देशक अशोक इल्लुस्वामी, अटोपाइलट र टेस्लाबोट इन्जिनियरिङका निर्देशक मिलन कोभाक, सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ निर्देशक महा विर्दुहगिरीलगायत छन् ।

OM Sai Pathibhara Hospital

पदभार ग्रहण गरेको केही समय पछि उनले कम्पनीको निर्देशक बोर्ड भंग गर्नुका साथै सीईओ पराग अग्रवाल, सीएफओ नेड सेगल र कानुनी र नीति प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका थिए ।