एजेन्सी / तनाव बढ्दै गएपछि युक्रेनको राजधानी किफस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गर्ने भारतीय नागरिकका लागि सूचना जारी गरेको छ । भारतीय दूतावासले जारी गरेको सूचनामा युक्रेनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै त्यहाँबाट स्वदेश फर्किन भारतीयलाई अपिल गरिएको हो । दूतावासले युक्रेनमा बस्ने भारतीय र विशेषगरी विद्यार्थीलाई जरुरी नभए स्वदेश फर्किन आग्रह गरेको जनाएको छ ।

दूतावासले भारतीय नागरिकलाई युक्रेनभित्र अनावश्यक यात्रा नगर्न पनि भनेको छ । दूतावासले युक्रेनमा रहेका भारतीय नागरिकलाई आफ्नो अवस्थाबारे जानकारी पनि आग्रह गरेको छ । दूतावासले आफूले पनि सामान्य रूपमा काम गरिरहेको जानकारी दिएको छ । केही महिनादेखि रुस र युक्रेनबीच तनाव जारी छ । पछिल्लो समय यहाँको अवस्था झनै बिग्रिएको छ ।  अमेरिकालगायत धेरै पश्चिमी देशले रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएका छन् । तर, रुसले यसलाई अस्वीकार गर्दै आएको छ । यद्यपि, पछिल्ला दिनमा रुसले युक्रेनसँगको सीमामा आफ्ना सेनाको संख्यामा उल्लेख्य वृद्धि गरेको छ ।

OM Sai Pathibhara Hospital