एजेन्सी  / नाइजेरियामा एक दशकको सबैभन्दा खराब बाढीमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । बाढीका कारण १३ लाखभन्दा बढीलाई उनीहरूको घरबाट विस्थापित गरेको नाइजेरियाको मानवीय मामिला मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबारसम्म ६०३ भन्दा बढीको ज्यान गएको छ’ मानवीय मामिला मन्त्री सादिया उमर फारुकले भने । गत साता सरकारले बाढीका कारण ५०० जनाको मृत्यु भएको जनाएको थियो । बाढीमा केही मानिसहरू हराइरहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।