एजेन्सी / अमेरिकामा बिहीबार साँझ भएको गाली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलाइनामा भएको गोली हानाहानमा प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको बताइएको छ ।

त्यहाँको राजधानी रालेहमा भएको गोलीकाण्डमा पाँच जनाको ज्यान गएको मेयरले जनाएका छन् । मेयर मेरी–एन बाल्डविनले सो क्षेत्रको लोकप्रिय ट्रेल न्युज नदी ग्रीनवे नजिकै दुःखद घटना भएको बताइन् ।  घटनाबारे थप अनुसन्धान भइरहेको छ ।  शंकास्पदलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।