बारा / बाराको निजगढ नगरपालिका –२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकालाई जबर्जस्ती करणीको आरोपमा जाहेरी परेको छ ।

पीडित नाबालिकाको आफन्तले वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यलय निजगढमा जाहेरी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । 

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका हुन् ।