एजेन्सी / अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा बम विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार काबुलको पश्चिमी क्षेत्रमा रहेको काज एजुकेसन सेन्टरमा यो विस्फोट भएको हो । 

OM Sai Pathibhara Hospital

सेन्टरका कर्मचारीहरूका अनुसार परीक्षा दिइरहेका विद्यार्थीहरू विस्फोटको निशानामा परेका छन् । यो क्षेत्रमा अधिकांश मानिसहरू हजारा समुदायका छन् । हजारा समुदायलाई लक्षित गर्दै यसअघि पनि विस्फोटहरू भएका थिए । 

अहिलेसम्म कुनै पनि सङ्गठनले हमलाको जिम्मेवारी लिएका छैनन् ।