एजेन्सी / मेक्सिको सिटी -उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले बुधवार ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो ।

जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । ति मध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ । गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए । यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.