एजेन्सी / मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चल्दा छ जना बालबालिकाको मृत्यु भएको छ । आन्तरिक मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार अन्य २० जना घाइते भएका छन् । 

पीडितको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

उनले आत्महत्या गरेका जनाइएको छ । यस शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् ।