कञ्चनपुर  / कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

प्रहरीले शुक्लाफाँटा नगरपालिका –८ मा बच्चा चोर्न खोजेको आरोपमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साहलाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेर प्रहरीलाई खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । 

शुक्लाफाँटा –८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाइ जङ्गलतर्फ लैजान खोज्दा चारै जनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।

पक्राउ परेकाहरु माथि अनुसन्धान अघि बढाइएको डीएसपी शाहले बताए ।