एजेन्सी / पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको मृत्यु भएको छ भने कयौँ मानिस घाइते भएका छन् । 

बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८६ को बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका बुधबार प्रकाशन गरेको एक तथ्याङ्कमा सो कुराको जानकारी दिइएको छ ।

OM Sai Pathibhara Hospital

पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घण्टा यतामात्र बाढीमा परीमा तीन जना र खैबर पाख्तुन्ख्वा प्रान्तमा दुई जनाको मृत्यु भएको बताइएको छ । 

बाढी र पहिरोका कारण तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौ नागरिक घरविहीन भएर आश्रय लिइरहेका छन् ।