एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घटनामा परेको हो । 

दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । प्रवक्ता सर्गी निकिफोरोभल भने, – ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र उनलाई पछ्याइरहेका  गाडीहरूसँग ठोक्कियो ।’ 

OM Sai Pathibhara Hospital

जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको बताइएको छ । दुर्घटनाबारे अनुसन्धान अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ ।  

यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको छ । हमलापछि उक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान भनिएको छ ।

क्रिभी रिहको दुई वटा जिल्लाका झन्डै दुई दर्जन वस्ती जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले जानकारी दिए । बाँध फुटेको ठाउँमा १०० क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी झरेको जनाइएको छ ।