एजेन्सी / आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । 

१७ वर्षीया किशोरी पिपर लुइसलाई जाँचरी ब्रुक्सको हत्या गरेको आरोपमा मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले पाँच वर्ष जेल सजाय सुनाएका हुन् । साथै उनलाई ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिइएको छ । 

OM Sai Pathibhara Hospital

सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् । आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । 

ब्रुक्सले आफूलाई धेरै पटक बलात्कार गरेको उनले दाबी गरेकी छिन् ।