एजेन्सी / पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । 

यहाँको विपद् व्यवस्थापन प्राधिकरणका अनुसार दुर्घटनामा नौ जना बालबालिका र अन्य सात महिला पनि परेका छन् । 

OM Sai Pathibhara Hospital

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।

बाटो, विजुली लगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पुर्‍याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । 

हिजोमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् ।