एजेन्सी  / पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले एक गर्भवती महिलाको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छिन् । लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरेकी हुन् । 

मार्टा टेमिडोले मंगलबार राजीनामा दिएकी थिइन् । स्वास्थ्यमन्त्रीले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकारेका छन् । एउटा अस्पतालबाट अर्कोमा लैजादैँ गर्दा ह्दयघातका कारण ती गर्भवती महिलाको मृत्यु भएकाे बताइएकाे छ ।