दाङ / दाङमा नाचगान गर्दै गर्दा चट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
डीएसपी गौतमका अनुसार तीजको बेला महिलाहरू साल डाँडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको थियो ।