बिर्तामोड / झापाको मेचीनगर नगरपालिका –४ मा हात्ती आएको जानकारी दिन ‘साइरन’ मेसिन जडान गरिएको छ । 

बर्सौँ देखि हात्ती आतङ्कको चपेटामा परेको बाहुनडाँगीमा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा  ‘साइरन’ दिने मेसिन जडान गरिएको हो ।

OM Sai Pathibhara Hospital

साइरनको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उक्त साइरन उज्यालो नेपालका पूर्व अध्यक्ष तथा स्वयंसेवक रमेश थापाले  मेचीनगर –४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप प्रदान गरेका थिए । 

ब्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवज सुनिने थापाले बताए । 

साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिको हातहातमा हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

बर्दियाबाट आएका थापाको टोलीमा कोशी आरक्षणका प्रमुख रमेशकुमार यादव, राष्ट्रिय प्रकृति संरक्षण कोषका विरेन्द्र गौतमलगायत रहेका थिए ।