सोलुखुम्बु  / सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –२ र ३ नम्बर क्षेत्रमा निर्माणाधीन बेनी हाइड्रोपावर आयोजनाको सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुदूधकुण्ड नगरपालिका –११ का ३५ वर्षीय कुलबहादुर राई, सोखुदूधकुण्ड –३ का ३२ वर्षीय दावा तामाङ र खोटाङको ऐसेलुखर्क गाउँपालिका –२ का ३२ वर्षीय भलाकाजी तामाङ रहेका छन् ।

OM Sai Pathibhara Hospital

आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राति फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिए । 

शाहका अनुसार प्रहरीले तीनै जनालाई बा१६च ५२६९ नम्बरको बोलेरो गाडीसहित पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनाविरुद्ध चोरी कसुरमा मुद्दा चलाएको शाहले बताए ।