एजेन्सी / इरानमा एक सातामा ३२ जनालाई मृत्युदण्ड दिइएको छ । 

इरानी अधिकारीहरूले आफ्ना पतिको हत्या गरेको आरोपमा बुधबार मात्र तीन महिलालाई मृत्युदण्ड दिएको मानव अधिकार परोपकारी संस्थाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मानव अधिकार समूहका अनुसार गत साता मात्रै मृत्युदण्ड दिइएको ३२ जनामध्ये उनीहरू पनि हुन् । मृत्युदण्डले बढवा पाएको अधिकारीहरूको विश्वास छ । 

गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म दोब्बर मानिसहरूलाई मृत्युदण्ड दिइएको छ । इरानले पनि अन्य देशको तुलनामा धेरै महिलाहरूलाई मृत्युदण्ड दिने गरेको उनीहरूमध्ये अधिकांशलाई आफ्नो पतिको हत्या दोषी ठहर गरिएको अधिकारवादी समूहहरूले रिपोर्ट गरेका छन् । 

पछिल्लो पटक मृत्युदण्डको सजाय पाउनेमा बाल विवाह गरेकी एक युवती पनि छन् । बुधबार इरान मानव अधिकार समूहले सोहिला अबादीलाई पतिको हत्या गरेको अभियोगमा झुन्डाइएको छ । अबादीको १० वर्षअघि १५ वर्षको उमेरमा विवाह भएको थियो ।