एजेन्सी / क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरू भेटिन थालेका छन् । एक समाचारमा हालसम्म यहाँ कम्तीमा ८ सय ९० जनामा मङ्कीपक्स संक्रमण भएको पाइएको जनाइएको छ ।
यहाँका स्वास्थ्य संस्थाहरूले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएको जनाइएको छ । यस सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।
क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।
यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।
पछिल्ला केही महिनामा यो मङ्कीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ ।