बिर्तामोड / मोरङको उर्लाबारी नगरपालिका –२ स्थितबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –२ का २० बर्षीय नवीन पुरी, उज्वल थापा, २८ वर्षीय सुमित राई र उर्लाबारी –३ का रकि धिमाल रहेका छन् । 

OM Sai Pathibhara Hospital

मंगलबार बेलुका साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुलस्पास्पेन ७ सय २० ट्यावलेट बरामद गरेको छ । उनीहरूको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।