एजेन्सी / अमेरिकामा सोमबार सिकागो नजिकैको हाइल्याण्ड पार्कमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । यस आक्रमणमा कम्तीमा २४ जना घाइते भएको बताइएको छ ।

हाइल्याण्ड पार्कका प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको दाबी गरेका छन् । प्रहरीले एक राइफलसमेत बरामद गरेको छ ।
राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनताको सहयोगका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताए ।

राष्ट्रपति बाइडेनले परेड सुटिङको घटनाबारे थाहा पाएर आफू स्तब्ध भएको बताए । उनले अमेरिकामा बन्दुक हिंसाविरुद्धको लडाइ जारी राख्ने पनि बताएकाछन् ।
प्रहरीले अग्लो भवनको छतबाट परेडमा निस्किएका मानिसहरूमाथि गोली प्रहार गरेपछि बालबालिका लिएर आएका सयौँ मानिस डराएर यताउता दौडिन थालेको प्रहरीले जनाएको छ । आक्रमणपछि संदिग्ध केही घण्टासम्म फरार भएका थिए ।

OM Sai Pathibhara Hospital