एजेन्सी / भारतको हिमाञ्चल प्रदेशमा सोमबार एउटा बस दुर्घटना हुँदा केही स्कुले केटाकेटीसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

एनडिटिभीका अनुसार सैन्जतिर गइरहेको बस कुल्लुनजिकै बिहान साढे ८ बजेतिर एउटा खोँचमा खसेको थियो ।
उक्त बसमा कम्तीमा ४० जना विद्यार्थी रहेको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना हृदयविदारक भएको बताएका छन् । उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।