एजेन्सी / रुसले युक्रेनमाथि क्षेप्यास्त्र प्रहार गर्दा २१ जनाको मृत्यु भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् ।

देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

स्थानीय समय अनुसार शुक्रबार राती १ बजे  क्षेप्यास्त्र प्रहार भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ ।