एजेन्सी / भारत मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु भएको छ । 

‘भग्नावशेषबाट २३ जनालाई निकालिएको छ, जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसैगरी अन्यको खोजी जारी छ । कति पुरिएका छन् भन्ने यकिन भएको छैन । तर हालसम्म गाउँले, सेना र रेलवे कर्मचारी, मजदुर (गाडिएका) सहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताएका छन् ।

OM Sai Pathibhara Hospital

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजरलगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको छ ।

जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेसन नजिक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजिक बुधबार र बिहीबार राति पहिरो गएको थियो ।

भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेसनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजुद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए ।

अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफनोनी जिल्लाका स्थानीयहरूले पनि खोजी कार्यमा सक्रियता पूर्वक जुटिरहेको जनाइएको छ ।