एजेन्सी / दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदीहरू फरार भएका छन् । श्रीलङ्काको प्रहरीले घटनाको पुष्टि गरेको छ ।

प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, ‘सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी सुरु गरिएको छ ।’
उक्त सुधार गृहमा करिब एक हजार कैदीहरूलाई राखिएको थियो ।