एजेन्सी / आर्थिक निकटसँग गुज्रिरहेको श्रीलंकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। 

श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो।

OM Sai Pathibhara Hospital

जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन।

यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ।

श्रीलङ्काको सरकारले इन्धन आपुर्तिलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ। उनीहरूले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन माग गरिरहेका छन्।