एजेन्सी / कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको मृत्यु भएको छ ।

३० जना घाइते भएका छन् । कोलम्बियाको एल एस्पिनल रङ्गशालामा प्रतियोगिता चलिरहँदा काठको तीन तले दर्शकदीर्घा भत्किएको बीबीसीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कोलम्बियामा बर्सेनि आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौँको ज्यान जाने गरेको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यस्ता प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।