काठमाडौं / राष्ट्रियसभामा आठ वटा विधेयकहरूको प्रतिवेदनहरू पेश भएका छन् । विधायन व्यवस्थापन समितिले आज (आईतबार) राष्ट्रियसभा बैठकमा उक्त विधेयकहरू पेश गरेको हो ।

समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ का प्रतिवेदनहरू पेश गरेको छ । 

OM Sai Pathibhara Hospital

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरूमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरू राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए ।

राष्ट्रियसभाको अर्को बैठक असार ६ गते (भोली) अपरान्ह १ बजेका लागि बोलाइएको छ ।