झापा / रूपन्देहीमा गाउँपालिका उपाध्यक्षका देवरको मृत्यु भएपछि गाउँपालिका भरी सार्वजनिक बिदा दिइएको छ ।
मर्चवारी गाउँपालिकाको उपाध्यक्षको देवरको दुर्घटनामा मृत्यु भएपछि सार्वजनिक बिदाको दिइएको जनाएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘मिति २०७९ /० ३ / ०५ गतेका दिन यस का कार्यालय लगायत सम्पूर्ण वडा कार्यालयहरू, सामुदायिक तथा निजी विद्यालयहरू तथा अन्य संघ संस्थाहरू समेत बन्द रहने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’