एजेन्सी / संयुक्त राष्ट्र संघ (यूएन) ले युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको दाबी गरेको छ । युद्धमा मारिनेमा सयौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।