काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपालीलाई करिब ४ लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका –१२ का रन्जन पाण्डे रहेका छन् । पाण्डेलाई त्रिभुवन विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरेका पाण्डेका साथबाट प्रहरीले ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद गरेको छ। नेपालमा ५ सयभन्दा बढीका भारतीय नोट प्रतिबन्ध भएकाले पाण्डेका साथमा भेटिएका कारण उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठले बताए।
पाण्डे नेपाल एयरलाइन्सको विमान मार्फत बिहीबार नयाँ दिल्ली जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।