एजेन्सी / अमेजन जङ्गलबाट हराएका भनिएका एक पत्रकार र आदिवासी विज्ञलाई गोली हानी हत्या गरिएको खबर सार्वजनिक भएको छ ।

५ जुनदेखि हराएका ब्रिटिश पत्रकार ५७ वर्षीय डोम फिलिप्स र ब्राजिलका आदिवासी विज्ञ ४१ वर्षीय बु्रनो पेरेइरा एमजन जङ्गलको दुर्गम भेगबाट हराइरहेका थिए।

OM Sai Pathibhara Hospital

फिलिप्स र पेरेइरालाई गोली हानेर मारेको एक सन्दिग्धले स्वीकारेको ब्राजिल प्रहरलाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनीहरु वृत्तचित्र बनाउने क्रममा अमेजन जङ्गलबाट हराएका थिए ।

बीबीसीका अनुसार अनुसन्धान अधिकारी एडुआर्डो फोन्टेसले अमारिल्डो नाम गरेका सन्दिग्धले अनुसन्धानकर्तालाई एक स्थानमा लगेका थिए, जहाँ खनेर मानव अवशेष निकालिएको छ । शवको पहिचान गर्नका लागि ब्राजिल प्रहरीले इन्टरपोलसँग मिलेर काम गर्ने बताइएको छ ।

यसैबीच सो घटनामा संलग्न भएको आशंकामा दुई दाजुभाइलाई पक्राउ गरिएको छ । अनुसन्धान अधिकारी फोन्टेसले भनेका छन्, ‘पहिलो सन्दिग्धले अपराधबारे विस्तृत रूपमा बताउँदै शवहरू पुरेको स्थानबारे संकेत गरेका थिए ।’ अर्का सन्दिग्ध ओसिनी डा कोस्टा डे ओलिभेइराले आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

ब्रिटिश नागरिक फिलिप्स एक दशकभन्दा बढी समयदेखि ब्रजिलमा बस्दै आएका थिए र उनी लामो समयदेखि द गार्डिअन पत्रिकामा काम गर्दै आएका थिए । पछिल्लो समय उनी एमजन क्षेत्रबारे एउटा किताब लेख्ने काममा जुटेका थिए।

ब्रजिलको आदिवासी मामिलासम्बन्धी निकाय फुनाइमा कार्यरत पेरेइरा बिदामा थिए। उनी बाँकी संसारको सम्पर्कबाहिर बस्ने आदिवासीबारे विज्ञ थिए।