एजेन्सी  / लस एन्जलसको एउटा पार्टीमा गोली चल्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । 

आक्रमणको उद्देश्य प्रष्ट भइसकेको छैन । शंकास्पदका बारेमा प्रहरीले कुनै सूचना सार्वजनिक गरेको छैन । 

OM Sai Pathibhara Hospital

घाइतेमध्ये कम्तीमा एक जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । गोलीकाण्डमा मारिनेमा २७ वर्षीय ड्यानियल डुनबार र २५ वर्षीय र्यान्डी टाइसन छन् । गोलीकाण्डमा मारिएका तेस्रो व्यक्तिको पहिचान हुन बाँकी छ । 

बन्दुक नियन्त्रणसम्बन्धी कानुनको माग गर्दै अमेरिकी सहरहरूमा प्रदर्शन भइरहेका बेला पछिल्लो गोलिकाण्ड सार्वजनिक भएको हो ।